राष्ट्रसंघका महासचिव गुटेरेस र राजदूत लोकबहादुरबिच भेटवार्ता
reportersnepal.com · Thu Oct 29 05:59:35 UTC 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापा र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ ।
भेटमा राजदूत थापाले नेपालमा हालै आएका विपत्तिमा राष्ट्रसंघका निकायले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार महासचिव गुटेरेसले विपत्तिप्रति समवेदना व्यक्त गर्दै बहुपक्षीय सहयोग अघि बढाउन नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)