अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु
barnanmedia.com · Thu Oct 29 05:50:24 UTC 2026

काठमाडौं। बंगालको खाडीबाट उत्पन्न भएको अर्नब चक्रवातका कारण भारतमा ५ जनाको मृत्यु भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार चक्रवातको प्रभावले आन्ध्र प्रदेश र ओडिसामा गरी ५ जनाले ज्यान गुमाएका हुन्।
चक्रवात मंगलबार बिहान ३:३० बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो। त्यसबेला १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो भने भारी वर्षा भएको थियो। चक्रवातको प्रभाव अहिले भारतका १५ राज्यमा देखिएको छ। मध्य प्रदेश, राजस्थान, बिहार र उत्तर प्रदेश लगायतका राज्यमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ। यो क्रम आगामी दुई दिनसम्म जारी रहने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)