मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

reportersnepal.com · Thu Oct 29 06:02:24 UTC 2026

सियोल, १२ कात्तिक । दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि यो प्रक्षेपण भएको हो ।

दक्षिण कोरियाली सेनाले पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ । सेनाले निगरानी बढाउनुका साथै अमेरिका र जापानसँग सूचना आदानप्रदान गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)