नक्कली भारतीय राहदानी बनाएर दुबई जान लागेका नेपाली युवक लखनउमा पक्राउ
kendrabindu.com · Thu Oct 29 06:08:05 UTC 2026

काठमाडौं । नक्कली भारतीय राहदानी प्रयोग गरेर दुबई जान लागेका नेपाली युवक भारतको लखनउस्थित चौधरी चरणसिंह अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी दिनेश खड्का रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई मंगलबार राति विमानस्थलको अध्यागमन जाँचका क्रममा पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)