धान पाकेपछि पहेँलपुर कुँडुले, वर्षाको चर्चाले बढाउँदै छ चिन्ता (तस्बिरहरू)
ratopati.com · Thu Oct 29 06:10:36 UTC 2026

बागलुङ । बागलुङ नगरपालिका–५ कुँडुले फेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको कुँडुले अन्न भण्डारणका रुपमा चिनिन्छ ।
जिल्लामा धेरै धान फल्ने यस क्षेत्रमा असार अन्तिम साता रोपाइँ गरिएको थियो । यहाँका किसानले खुमल–४, खुमल–१०, पोखरेली जेठोबुढो, केही मार्सी र केही जडन जातको धान लगाएका छन् । यसपटक धान रोपाइँ ढिला भएकाले भित्र्याउने समय पनि पछि धकेलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)