पहेँलपुर कुँडुलेफेदी, भारी वर्षाको चिन्तामा किसान [फोटोफिचर]
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

बागलुङ । बागलुङ नगरपालिका–५ कुँडुलेफेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको कुँडुले अन्न भण्डारणका रुपमा चिनिन्छ ।
जिल्लामा धेरै धान फल्ने यस क्षेत्रमा असार अन्तिम साता रोपाइँ गरिएको थियो । यहाँका किसानले खुमल–४, खुमल–१०, पोखरेली जेठोबुढो, केही मार्सी र केही जडन जातको धान लगाएका छन् । यसपटक धान रोपाइँ ढिला भएकाले भित्र्याउने समय पनि पछि धकेलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)