आलोचकहरू पैसा र मासुभातमा बिके: डोल्मा
barnanmedia.com · Thu Oct 29 06:24:10 UTC 2026

काठमाडौँ — लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई लिएर चर्को विवादमा तानिएकी आनी छोइङ डोल्वाले पहिलोपटक भिडियो सन्देश जारी गर्दै आफ्ना आलोचकहरूमाथि कडा प्रहार गरेकी छन्। उनले आफ्नो विरोध गर्नेहरूलाई पैसा र ‘मासुभातमा बिकेको’ आरोप लगाएकी हुन्।
बालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारले उनलाई कोषको उपाध्यक्षमा नियुक्त गरेसँगै मिडिया, सामाजिक सञ्जाल र सडकसम्म नियुक्तिविरुद्ध विरोध भइरहेको छ। तिब्बती शरणार्थी अभिभावककी सन्तान भएर पनि नक्कली बाबु खडा गरी वंशजको नागरिकता लिएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूमा उनले कुनै ठोस प्रमाण भने प्रस्तुत गरिनन्। नागरिकता र सम्पत्तिबारे सम्बन्धित सरकारी विभागमै गएर बुझ्न आग्रह गर्दै उनले ५५ वर्षको उमेरमा आफूले कमाएको ख्यातिका कारण चाहेको भए विश्वको जुनसुकै देशको नागरिकता लिन सक्ने हैसियत आफ्नो रहेको दाबी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)