मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसका नेता शर्माले मिर्गौलापीडित रामकृष्ण चेपाङकी छोरीलाई आईटी पढाउने

baahrakhari.com · Thu Oct 29 06:35:00 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौलापीडित रामकृष्ण चेपाङकी छोरी सीमानालाई सूचना प्रविधि (आईटी) विषयमा उच्च शिक्षा हासिल गराउने भएका छन् । शर्माले सीमानाको आईटी र कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न सहयोग गर्ने भएका हुन् ।

शर्माले काठमाडौंको टेक्सास कलेजमा स्नातक तहको अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाएका हुन् । सीमाना मकवानपुरको राक्सिराङ गाउँपालिका–८ की हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)