भारतको पूर्वी तटमा चक्रवात ‘अर्नब’ का कारण ७ जनाको मृत्यु, एक लाख ८० हजारलाई सुरक्षित स्थानमा सारियो
ratopati.com · Thu Oct 29 06:42:21 UTC 2026

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । चक्रवातले घर, सडक, विद्युत् संरचना र कृषि बालीमा व्यापक क्षति पुर्याएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा मात्रै एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार बुधबार बिहान भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवात सुरुमा ‘अति शक्तिशाली चक्रवाती आँधी’ को अवस्थामा थियो । स्थलभागतर्फ अघि बढ्दै जाँदा यसको शक्ति घटेर ‘शक्तिशाली चक्रवाती आँधी’ मा सीमित भएको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)