मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ललितपुरमा ५ दिने फूल महामेला सुरु (तस्बिरहरू)

ratopati.com · Thu Oct 29 06:50:17 UTC 2026

ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि' भन्ने नाराका साथ १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आजदेखि सुरु भएको छ ।

आजदेखि सुरु भएको मेला ५ दिनसम्म चल्नेछ । यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल छन्, जसअन्तर्गत ७८ वटा व्यावसायिक, १ प्लान्ट क्लिनिक, ४ अफिसियल, २ प्रतियोगितात्मक र १ फोटो सेल्फी स्टल समावेश छन्। मेलामा नेपालमा उत्पादित विविध जातका गोदावरीका साथै यसै वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाहरू प्रदर्शनी एवम् बिक्री-वितरणका लागि राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)