मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

annapurnapost.com · Thu Oct 29 06:47:18 UTC 2026

काठमाडौं : शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४ सय १० आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। शरद् ऋतुमा हिमाल आरोहण गर्न १ सय ६१ टोलीले अनुमति लिएका हुन्।

पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले ४४ हिमाल आरोहणका लागि १ हजार ६९ पुरुष र ३ सय ४१ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट ३१ करोड ८० लाख ५० हजार ७ सय ७८ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)