तीव्र हावा हुरीको सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा
ratopati.com · Thu Oct 29 07:01:53 UTC 2026

काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएकाले नेपालमा तीव्र हावा हुरीको सम्भावना नरहेको जनाएको छ । चक्रवात अर्नब अहिले कमजोर भई ’बलियो न्यून चापीय क्षेत्र’ को रूपमा रहेको विभागले जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले चक्रवात अर्नबको प्रभावका रूपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अर्णव शक्तिशाली हुँदा जस्तो डरलाग्दो हावाहुरी चल्ने अवस्था नदेखिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)