इजरायलमा कसैको बहुमत नआएपछि सरकार गठनमा अन्योल कायम, के नेतन्याहू सत्तामा टिकिरहलान् ?
clickmandu.com · Thu Oct 29 07:00:30 UTC 2026

काठमाडौं । मंगलबार (अक्टोबर २७) सम्पन्न इजरायलको संसदीय निर्वाचनले मुलुकलाई विगत केही वर्षदेखि निरन्तर सताउँदै आएको गहिरो राजनीतिक अनिश्चयको अर्को जटिल मोडमा पुर्याइदिएको छ ।
१२० सदस्यीय संसद् अर्थात नेसेटमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसक्दा इजरायल फेरि एकपटक राजनीतिक गतिरोधको भूमरीमा फसेको छ । तीन दशकभन्दा लामो राजनीतिक जीवनमा पटक–पटक अवसानको संघारमा पुगेर पनि पुनरागमन गर्न माहिर मानिने बहालवाला प्रधानमन्त्री बेन्जामिन नेतन्याहू यसपटक निकै कमजोर देखिएका छन् तर पूर्ण रूपमा पराजित भइसकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)