मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी सुरु, १ करोड ३० लाखको कारोबार हुने आकलन

bishowkhabar.com · Thu Oct 29 07:08:00 UTC 2026

काठमाडौं – ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा नेपालमा उत्पादित तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिएका छन् । प्रदर्शनीमा ८६ वटा स्टलमार्फत फूल तथा बिरुवाको बिक्री र प्रदर्शन भइरहेको आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)