मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

४ हजार मिटर उचाइमा क्रिकेट: अपी हिमाल बेसक्याम्पमा भिड्दै धनगढी-११ र अपी-११

nepalpress.com · Thu Oct 29 07:10:52 UTC 2026

धनगढी । समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको दार्चुलाको अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्ने उद्देश्यले आगामी कात्तिक १८ गते धनगढी–११ र अपी–११ बीच क्रिकेट खेल हुन लागेको हो।

अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म आयोजना गर्न लागेको ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत उच्च हिमाली क्षेत्रको प्राकृतिक मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। सामान्यतया तराई तथा सहरी क्षेत्रका क्रिकेट मैदानमा देखिने खेल गतिविधिलाई हिमाली आधार शिविरसम्म पुर्‍याउने यस प्रयासले खेलकुदसँगै अपी क्षेत्रको पर्यटकीय सम्भावनालाई चर्चामा ल्याउने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)