मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पावर प्लेमै काठमाडौं गुर्खाजको ३ विकेट पतन

kendrabindu.com · Thu Oct 29 07:20:30 UTC 2026

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित टियु इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी रोमाञ्चक खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौं गुर्खाजले पहिलो ६ ओभरको पावर प्ले समाप्त हुँदा ३ विकेटको क्षतिमा ३६ रन बनाएको छ।

जनकपुर बोल्ट्सविरुद्धको यस खेलमा काठमाडौंले सुरुवातमै धराशायी बन्न पुग्दा महत्वपूर्ण ३ विकेट गुमाउन पुग्यो। इनिङ्सको पहिलो ओभरको अन्त्यतिर ६ रनको स्कोरमा पहिलो विकेटको रूपमा साम हेज्लट १ रन बनाएर आउट भए भने ३ ओभरमा १९ रनको स्थितिमा हरिशंकर शाह ९ रन जोड्दै पेभेलियन फर्किए। त्यस्तै, ५.१ ओभरमा २९ रन हुँदा १३ रन बनाएका ओपनर स्मित पटेल पनि आउट हुन पुगे।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)