ललितपुरमा गोदावरी फूलको महामेला (फोटो फिचर)
gorkhapatraonline.com · Thu Oct 29 07:21:49 UTC 2026

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि' भन्ने नाराका साथ १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आजदेखि सुरू भएको छ । आजदेखि सुरू भएको मेला ५ दिनसम्म चल्नेछ । यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल छन्, जसअन्तर्गत ७८ वटा व्यावसायिक, १ प्लान्ट क्लिनिक, ४ अफिसियल, २ प्रतियोगितात्मक र १ फोटो सेल्फी स्टल समावेश छन्। मेलामा नेपालमा उत्पादित विविध जातका गोदावरीका साथै यसै वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाहरू प्रदर्शनी एवम् बिक्री वितरणका लागि राखिएको छ ।
प्रदर्शनीमा सहभागी नर्सरी तथा फार्महरूबीच मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएका छन् । साथै, उत्कृष्ट स्टल र यसै वर्ष थपिएको उत्कृष्ट पुष्प सजावट विधाका विजेताहरूलाई सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जनाइएको छ । आयोजकका अनुसार ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १ करोड ३० लाख रुपियाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)