भारतको विद्युत् बजारमा चरम असन्तुलन : दिउँसो कौडीको भाउ, साँझको माग धान्न प्रतियुनिट ३७ भारुसम्म तिर्नुपर्ने बाध्यता
clickmandu.com · Thu Oct 29 07:33:59 UTC 2026

एजेन्सी । भारतमा नवीकरणीय, विशेषगरी सौर्य ऊर्जा, को तीव्र विस्तारसँगै विद्युत् प्रणालीमा दिउँसो अत्यधिक बचत र साँझ चरम अभावको गम्भीर असन्तुलन देखिन थालेको छ ।
उत्पादन र मागबीच उचित तालमेल हुन नसक्दा भारतको अल्पकालीन विद्युत् बजारमा मूल्यमा अभूतपूर्व उतारचढाव देखिएको छ । दिउँसो कौडीको भाउमा झर्ने बिजुलीको दर साँझको ‘पिक आवर’ मा प्रतियुनिट ३७ भारतीय रुपैयाँ (भारु) सम्म पुग्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)