मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिजो गोरुको भर, आज हाते ट्याक्टरको सहारा: बदलिँदै बाजुराको खेतीपाती

kalakarmi.com · Thu Oct 29 07:38:59 UTC 2026

बाजुरा- पछिल्लो समय बाजुराका किसान प्रविधिमैत्री बन्दै गएका छन् । यहाँका किसानले अहिले खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्दै आएका हुन् । नौं वटै स्थानीय तहका अधिकांश कृषकहरुले हातेट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन् ।

पहिले–पहिले गोरुको भरमा खेती गर्ने यहाँका कृषकहरु अहिले नयाँ प्रविधिको प्रयोगबाट खेती गर्न थालेका हुन् । गोरूको सहायताले खेतबारी जोत्न बढि समयको खर्च हुनेहुँदा समयको बचत र सहजताको लागि अधिकांश कृषकले हातेट्याक्टर लगाएर खेत जोत्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)