मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

khabarhub.com · Thu Oct 29 07:42:24 UTC 2026

मकवानपुर – भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसमा सवार भई ओर्लिएकी भीमफेदी गाउँपालिका –०८, ईपा बस्ने ६३ वर्षीया लिला देवी खत्रीलाई बसको अगाडिबाट बाटो पार गर्ने क्रममा सोही बसले ठक्कर दिँदा उनको टाउकोमा चोट लागी घटनास्थलमै मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)