प्रथम त्रैमासमा १६ अर्ब २३ करोड एफडीआई स्वीकृत
onlinekhabar.com · Thu Oct 29 08:18:14 UTC 2026

१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ ।
उद्योग विभागका अनुसार असोजसम्म कुल ४ सय २२ उद्योग दर्ता भएका छन् । जसमा उक्त रकम बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव २०८२/८३ असोजसम्म ३५ अर्ब १३ करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस वर्ष लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)