मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाललाई जलवायु प्रतिबद्धता कार्यान्वयन गर्न ७४ अर्ब डलर आवश्यक

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) कार्यान्वयनका लागि सन् २०२५ देखि २०३५ सम्म करिब ७४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने एसियाली विकास बैंक (एडीबी) का नेपालका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले बताएका छन्।

बिहीबार आयोजित राष्ट्रिय जलवायु सम्मेलन २०२६ मा धारणा राख्दै उनले उक्त रकमको ठूलो हिस्सा अन्तर्राष्ट्रिय सहयोगबाट जुटाउनुपर्ने बताए। जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न नीतिगत सुधारसँगै पर्याप्त लगानी, संस्थागत क्षमता र स्थानीय समुदायसम्म पुग्ने कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)