दाङमा रगत अभाव
gorkhapatraonline.com · Thu Oct 29 08:32:28 UTC 2026

पछिल्लो समय दाङमा रगत अभाव देखिएको छ । जिल्लाको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा रहज रुपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिनुभयो ।
ती रक्तसञ्चार केन्द्रमा रगत नहुँदा समस्या भएको उहाँले बताउनुभयो । “चाडपर्वका समयमा सधैँ नै अभाव हुन्छ, यो वर्ष पनि रगत अभाव भयो, रक्तसञ्चार केन्द्रमा रगत छैन”, उहाँले भन्नुभयो, “दाता पनि यस्तो बेला भेटाउन गाह्रो हुन्छ ।” विभिन्न सङ्घसंस्थालाई आह्वान पनि रगत सङ्कलन नहुँदा समस्या भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)