मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इशान पाण्डे लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

ratopati.com · Thu Oct 29 08:41:34 UTC 2026

काठमाडौँ । नेपाली क्रिकेटर इशान पाण्डे लन्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए । उनले यस किसिमको सम्झौताले नेपाली खेलाडीलाई आर्थिक रूपमा थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)