मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा लेक लागेका पदयात्रीको हेलिकोप्टबाट उद्धार

baahrakhari.com · Thu Oct 29 09:25:16 UTC 2026

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेका बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिउको छ । नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ ।

पदयात्राका क्रममा बिहीबार बिहान अचानक लेक लागेर अस्वस्थ भएकी थिइन् । उनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)