मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हुलाकी सडकको विस्तारले उद्योगमा लगानी बढ्दै

ajakoartha.com · Thu Oct 29 09:25:00 UTC 2026

काठमाडौं- हुलाकी सडकको विस्तारसँगै बाँके र बर्दियामा उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी) उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ ।

उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ । छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा रु चार अर्ब लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ । सुवरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा स्थापना भएको उद्योगले देशभर आफ्नो उत्पादन पुर्‍याउने लक्ष्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)