मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेक लागेका पदयात्री रश्मीको हेलिकप्टबाट उद्धार

kendrabindu.com · Thu Oct 29 09:39:44 UTC 2026

गण्डकी। कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी परेकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ ।

पदयात्राका क्रममा आज बिहान अचानक लेक लागेर अस्वस्थ भएपछि उनलाई सिम्रिक एयरको हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)