मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले भन्यो - माग सम्बोधन नभए आन्दोलन गर्छौं

nepalviews.com · Thu Oct 29 09:41:32 UTC 2026

काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा २०८१/८२ को शिक्षक आन्दोलन तुहिएको दाबी गरेको छ । बिहीबार राजधानीमा युनियनले गरेको पत्रकार सम्मेलनमा आफूहरुको माग संम्बोधन नगरे आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ ।

युनियनका अध्यक्ष विष्णु खत्रीले ८ बुँदे माग पत्र प्रस्तुत गर्दै आफूहरुका माग सरकारले तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । खत्रीले अस्थायी शिक्षक तथा कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा तथा पेशागत निरन्तरता नै आफूहरुको मुख्य माग रहेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)