चालू आवको तीन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्ब
nepalsamaya.com · Thu Oct 29 09:58:00 UTC 2026

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तमा ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको २० वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह असोज मसान्तसम्म आइपुग्दा बढेर ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको हो।
समीक्षा अवधिमा १७ बैंकको कर्जा प्रवाह बढेको छ भने तीन बैंकको घटेको छ।सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। असार मसान्तमा चार खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले असोज मसान्तसम्म ३० अर्ब ९७ करोड रुपैयाँ थप गर्दै कुल कर्जा पाँच खर्ब सात अर्ब ८१ करोड रुपैयाँ पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)