मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६३ महिना दिँदा पनि बनेन सडक, मेची करिडोरको बेलासे–गोलाखर्क ठेक्का तोडियो

ratopati.com · Thu Oct 29 09:59:35 UTC 2026

काठमाडौँ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडक मेची करिडोर (केचना-कञ्चनजङ्घा) सडक अन्तर्गत बेलासे- गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार २०७८ असार २९ गते २७ करोड २२ लाख (भ्याटसहित) मा सम्झौता भएको याे सडक खण्डको निर्माण २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)