भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनाका निम्ति जग्गा पहिचान गरिसक्यौँ : सचिव भुजेल
baahrakhari.com · Thu Oct 29 10:23:40 UTC 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनाका निम्ति आवश्यक जग्गा पहिचान गर्ने काम सकिएको बताएका छन् । बिहीबार (कात्तिक १२) राष्ट्रियसभाअन्तर्गतको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् ।
जग्गा पहिचान गरिसकेकाले छिट्टै पुनर्स्थापनाको काम अगाडि बढाइने उनले बताए । विपद् प्रभावितलाई पुनर्स्थापना गर्न नापी विभागका महानिर्देशकको अध्यक्षतामा गठित समितिले आवश्यक जग्गा पहिचान गरेको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)