मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाली मूलका अस्ट्रेलियन प्रहरीलाई राष्ट्रिय बहादुरी अवार्ड, प्रधानमन्त्री गरे संसदमा प्रशंसा

onlinekhabar.com · Thu Oct 29 10:31:35 UTC 2026

१२ कात्तिक, सिड्नी । नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्।

अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस एरिया कमान्ड’मा कार्यरत भारतीले गत वर्ष सिड्नीको क्रोइडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहसका लागि यो पुरस्कार पाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)