विपद् व्यवस्थापनका लागि अमेरिकाले नेपाललाई २० अर्ब बढी सहयोग गर्ने
canadanepal.com · Thu Oct 29 10:39:54 UTC 2026

काठमाडौं - नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । भेटपछि दिइएको जानकारीअनुसार अमेरिकाले नेपालको विपद् व्यवस्थापन, खोज तथा उद्धार क्षमतालाई थप सुदृढ बनाउन १५ करोड अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँभन्दा बढी) बराबरको आधुनिक सैन्य तथा उद्धार सामग्री उपलब्ध गराउने भएको छ।
कार्यवाहक राजदूत बोल्डिन र प्रधानसेनापति सिग्देलबीच भएको शिष्टाचार भेटवार्ताका क्रममा उक्त सहयोगबारे छलफल भएको हो। भेटमा नेपाल–अमेरिकाबीचको बलियो साझेदारीका साथै गत अगस्ट (साउन/भदौ) मा गएको विनाशकारी बाढीपछिको राहत तथा पुनःस्थापना प्रयासबारे समीक्षा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)