मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गुगल क्रोम सुस्त भयो ? गति बढाउन अपनाउनुहोस् यो सजिलो उपाय

ictsamachar.com

काठमाडौं । इन्टरनेट ब्राउजिङका लागि विश्वभर लोकप्रिय वेब ब्राउजरमध्ये गुगल क्रोम पनि एक हो । स्मार्टफोनदेखि ल्यापटप र पर्सनल कम्प्युटरसम्म व्यापक रूपमा प्रयोग हुने यस ब्राउजरमा कहिले काहीँ सुस्त हुने, वेबपेज खुल्न समय लाग्ने तथा ट्याब ह्याङ हुनेजस्ता समस्या देखिन सक्छन् । विशेष गरी एकैपटक धेरै ट्याब खोल्दा वा ग्राफिक्सको बढी प्रयोग हुने वेबसाइट चलाउँदा यस्तो समस्या आउन सक्छ ।

यस्तो अवस्थामा गुगल क्रोमको Hardware Acceleration फिचर उपयोगी हुन सक्छ । यो सुविधा सक्रिय गर्दा ब्राउजरले केही ग्राफिक्ससम्बन्धी काम सीपीयूको सट्टा डिभाइसको ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) मार्फत गराउन सक्छ । यसले विशेषगरी भिडियो, एनिमेसन तथा ग्राफिक्सयुक्त वेबपेज चलाउँदा ब्राउजरको कार्यसम्पादन सुधार गर्न मद्दत गर्न सक्छ । यद्यपि, यसको प्रभाव डिभाइसको क्षमता र ग्राफिक्स ड्राइभरअनुसार फरक पर्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)