मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

ajakoartha.com · Thu Oct 29 10:46:00 UTC 2026

काठमाडौं- विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक प्रदूषण कम गर्न स्वच्छ ऊर्जा प्रयोगका लागि उद्योगहरूलाई प्रोत्साहन गर्न नेपाल स्वच्छ वायु तथा समृद्धि परियोजना अघि बढाइएको छ ।

एसोसिएसनले सो परियोजनाका लागि तीन करोड अमेरिकी डलर सहुलियत ऋण र ४० लाख अमेरिकी डलर अनुदान दिने सम्झौता भइसकेको छ । सो परियोजना कार्यान्वयन गर्न वित्तीय मध्यस्थकर्ता बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रदान गर्न नेपाल सरकार अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र बैंकबीच सम्झौता भएको राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)