गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र
kendrabindu.com · Thu Oct 29 10:50:46 UTC 2026

गाजा । इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ । मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ ।
केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ बढाउँदै लगेको छ । साथै, गोलाबारी गर्ने, गोली चलाउने र भवन तथा संरचना भत्काउने कार्यले प्यालेस्टिनीहरूलाई बाक्लो बस्ती भएका क्षेत्रबाट विस्थापित हुन बाध्य बनाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)