कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
onlinekhabar.com · Thu Oct 29 10:55:43 UTC 2026
१२ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङ गर्न निम्ता दिएका हुन् ।
टस भएपनि त्रिवि क्रिकेट मैदानमा भने अहिले छिटपुट वर्षा भइरहेको छ । मैदानलाई त्रिपालले कभर गरेर राखिएको छ । अहिले मुख्य पिचलाई मात्रै कभर गरिएको छ । आउटफिल्ड भने कभर गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)