मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद् कोषमा १८ अर्बभन्दा बढी मौज्दात, स्थानीय तहमा साढे २४ करोड मात्रै निकासा

baahrakhari.com · Thu Oct 29 11:00:51 UTC 2026

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहे पनि भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद् प्रभावित क्षेत्रमा न्यून रकम मात्रै निकासा भएको छ ।

विपद् प्रभावित क्षेत्रका स्थानीय तहमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)