च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
swasthyakhabar.com · Thu Oct 29 10:41:29 UTC 2026

काठमाडौं - छारे रोग नियन्त्रण गर्ने औषधिको साइड इफेक्टबाट दिक्क भएकी ३१ वर्षीया बोवेन वानले औषधिको मात्रा घटाउने सल्लाह च्याटजीपीटीसँग लिइन्। च्याटबटकै सुझावअनुसार औषधि क्रमशः घटाउँदै शून्यमा पुर्याउने योजना बनाएकी उनको मृत्यु भएपछि अभिभावकले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि विकास गर्ने कम्पनी ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन्।
अमेरिकाको सियाटलमा बस्ने वान गम्भीर प्रकारको छारे रोगबाट पीडित थिइन्। चिकित्सकले सिफारिस गरेको औषधि ल्यामोट्रिजिनले उनको रोग नियन्त्रण गर्न सहयोग गरिरहेको थियो। तर, औषधिका कारण सोच्ने र बोल्ने क्षमतामा असर परेको महसुस गरेपछि उनले त्यसको मात्रा घटाउने उपाय खोज्न च्याटजीपीटीको सहायता लिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)