नरेश भट्टको मोबाइलमा भेटिएसम्बन्धविच्छेद र बच्चाधर्मपुत्री बनाउने बारेका सर्च
barnanmedia.com · Thu Oct 29 11:03:58 UTC 2026

अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको मुद्दामा उनका श्रीमान् नरेश भट्टको मोबाइल तथा अन्य डिजिटल उपकरणबाट गरिएका गुगल सर्च विवरण अदालतमा प्रस्तुत गरिएको छ। अक्टोबर २८ मा भएको सुनुवाइका क्रममा अनुसन्धानकर्ताले ममता बेपत्ता हुनुभन्दा केही महिनाअघिदेखि गरिएका विभिन्न इन्टरनेट खोजीबारे बयान दिएका हुन्।
अमेरिकाको भर्जिनियास्थित अदालतमा जारी सुनुवाइका क्रममा अभियोजन पक्षले प्रस्तुत गरेका डिजिटल प्रमाणमा श्रीमती बेपत्ता भएमा के हुन्छ, सम्बन्धविच्छेद गर्न मिल्छ कि मिल्दैन र आफ्नै बच्चालाई साथीलाई दिन सकिन्छ कि सकिँदैन भन्ने विषयमा गरिएका खोजी समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)