"व्यवहार मिलाउन, समाजमा बस्लाई झुट त बोल्नैपर्छ, म दिनको ५० प्रतिशत झुट बोल्छु।"
barnanmedia.com · Thu Oct 29 11:07:39 UTC 2026

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले व्यावहारिक जीवन चलाउन र सामाजिक सम्बन्ध मिलाउन मानिसले झुट बोल्नुपर्ने बाध्यता रहने बताएका छन्। एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै उनले आफूले अहिले पनि दैनिक जीवनमा धेरै झुट बोल्ने गरेको रोचक खुलासा गरेका हुन्। सामाजिक जीवनमा सबैलाई चित्त बुझाउन र समय व्यवस्थापन गर्न कहिलेकाहीँ झुट बोल्नु अनिवार्य हुने उनको तर्क छ।
आफ्नो व्यावहारिक अनुभव सुनाउँदै कलाकार आचार्यले भने, “व्यवहार मिलाउन र समाजमा बस्नका लागि झुट त बोल्नैपर्छ। म दिनको ५० प्रतिशत झुट बोल्छु, अहिले पनि।” जीवनमा बोलेको सबैभन्दा ठूलो झुटबारे सोधिएको प्रश्नमा उनले त्यस्ता झुटहरू थुप्रै रहेको बताए। उनले थपे, “थुप्रै छन् त्यस्ता कुराहरू। झुट नबोले त साध्यै हुँदैन।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)