कडा सुरक्षाबिच काममा फर्किने तयारीमा टाइगर श्राफ
ratopati.com · Thu Oct 29 11:35:47 UTC 2026

मुम्बई । अभिनेता टाइगर श्राफमाथि भएको आक्रमणको घटनापछि उनी चर्चाको केन्द्रमा छन् । यसैबिच, उनको कामलाई लिएर एउटा नयाँ अपडेट आएको छ । उनी अब दीपावली सकिएपछि आफ्नो आगामी फिल्म ‘लग जा गले’ को सुटिङमा फर्किने तयारीमा छन् ।
मुम्बईको जुहूमा भएको गोली काण्डपछि उनको टिमले कडा सुरक्षा प्रबन्ध मिलाएको छ । ‘इन्डिया टुडे’ को रिपोर्ट अनुसार टाइगर श्राफको सुरक्षा टिम र प्रोडक्सन टिमले मिलेर एक विशेष योजना बनाएका छन् । उनको आवतजावतको जानकारी केवल केही सीमित व्यक्तिहरूलाई मात्र दिइनेछ । यसका साथै, सेटमा उनको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्रोडक्सन टिमले उच्च सावधानी अपनाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)