गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र
khabarhub.com · Thu Oct 29 11:47:10 UTC 2026

गाजा- इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ । मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास तथा आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ ।
केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ विस्तार गर्दै लगेको छ । सेनाको गोलाबारी, गोली प्रहार तथा भवन र अन्य संरचना भत्काउने कार्यले बाक्लो बस्तीमा बसोबास गरिरहेका प्यालेस्टिनीलाई विस्थापित हुन बाध्य बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)