झापामा भूमि समस्या समाधानको कामले गति लिँदै
ratopati.com · Thu Oct 29 11:55:56 UTC 2026

झापा । झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका लागि भूमि समस्या समाधान समितिले कामलाई तीव्रता दिएको छ। समितिले पछिल्लो डेढ महिनामा ३३ परिवारलाई लालपुर्जा वितरण गरेको छ भने दमक क्षेत्रका २३२ परिवारको दोहोरो स्रेस्ता संशोधनका लागि आज सार्वजनिक सूचना जारी गरेको छ।
विगतका भूमि आयोगबाट लालपुर्जा प्राप्त गरे पनि साबिकको सरकारी स्रेस्ता बदर नहुँदा दोहोरो स्रेस्ता कायम भई अपुरो पुर्जा पाएका जग्गाधनीको समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ। सार्वजनिक सूचनामार्फत सम्बन्धित जग्गाधनीलाई सम्पर्कमा आउन आह्वान गरिएको छ। आवश्यक छानबिनपछि प्रचलित कानुनअनुसार स्रेस्ता संशोधन गरिने समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)