मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीविरुद्ध विराटनगरका लोकेश बमको विष्फोटक अर्धशतक

kendrabindu.com · Thu Oct 29 12:01:30 UTC 2026

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत टियु इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी कर्णाली याक्सविरुद्धको खेलमा विराटनगर किङ्सका विष्फोटक ब्याटर लोकेश बमले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरका लागि ओपनर बमले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गर्दै कर्णालीका बलरहरूमाथि दबाब बनाएका हुन्। उनले उत्कृष्ट सटहरूको मद्दतले टोलीलाई मजबुत स्थितिमा पुर्‍याउँदै आफ्नो अर्धशतक पूरा गरे। उनले ३२ बलमै अर्धशतक पूरा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)