दुई नेपाली युवा क्यान्सर रोग विशेषज्ञले पाए एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड
swasthyakhabar.com · Thu Oct 29 12:20:54 UTC 2026

काठमाडौं- नेपालका दुई युवा क्यान्सर रोग विशेषज्ञ डा. विवेक घोष र डा. रजनी झा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। उनीहरूले युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (एस्मो) को ‘एस्मो लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड २०२६’ प्राप्त गरेका हुन्।
स्पेनको म्याड्रिडमा अक्टोबर २३ देखि २७ सम्म आयोजित एस्मो कंग्रेस २०२६ का क्रममा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो। विश्वभरबाट छनोट भएका २८ जना उदीयमान क्यान्सर रोग विशेषज्ञमध्ये नेपालका दुई चिकित्सक परेका हुन्। छनोट हुने चिकित्सकहरूमा अमेरिका, बेलायत, अस्ट्रेलिया, स्पेन, भारतलगायत देशका विशेषज्ञ पनि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)