मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

khabarhub.com · Thu Oct 29 12:43:01 UTC 2026

महेन्द्रनगर – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेशका ३० जना खेलाडीहरूको उपस्थिति छ । गृह प्रदेशको टिम सुदूरपश्चिम रोयल्समा नेपालका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीसहित दश जना खेलाडी सुदूरपश्चिमकै छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको गृह प्रदेशका खेलाडीहरू अहिले तेस्रो संस्करणका आठ वटै टिममा अनुबन्धित भएर क्रिकेटको भिडन्तमा छन् । सुदूरपश्चिमका नौ जिल्लामा सबैभन्दा बढी एनपीएलमा कञ्चनपुरका १३ जना खेलाडी मैदानमा रहेका कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष एवं क्यानका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)