विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट
khabarhub.com · Thu Oct 29 12:54:11 UTC 2026
नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि विराटनगरले अहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा विराटनगरले पाचौँ विकेट गुमाएको छ । खेलको १८ ओभर १ बलमा विराटनगरका एन्जेलो म्याथ्युज आउट भएका हुन् । सोमपाल कामीको बलमा उनी बोल्ड भए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)