मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

khabarhub.com · Thu Oct 29 12:57:56 UTC 2026

एजेन्सी – अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार गरेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मावलवी गुल मोहम्मद कुद्रतले बिहीबार दिएको जानकारीअनुसार ती व्यक्तिलाई बुधबार उद्धार गरिएको हो ।

संदिग्ध तस्करहरूले ती व्यक्तिलाई निमरोज हुँदै अवैध रूपमा अफगानिस्तानबाहिर लैजान खोजेको प्रहरीले जनाएको छ । उनीहरूलाई ओसारपसार गर्न प्रयोग गरिएका पाँचवटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)