मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लोकेशले छक्का वर्षाउँदा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

kendrabindu.com · Thu Oct 29 13:01:07 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले कर्णाली याक्सविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु इन्टरनेसनल क्रिकेट स्टेडियममा आज भएको दोस्रो खेलमा विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन जोडेको हो । यो लक्ष्य तेस्रो संस्करणमा बनाइएको अहिलेसम्मकै ठूलो हो ।

विराटनगरका लागि आक्रामक ब्याटर लोकेश बम चम्किए । बम ५१ बलमा ८७ रन बनाएर आउट भए । उनले ३ चाैका र ९ छक्का प्रहार गरे । उनले सम्हालिएर खेलेकाे भए एनपीएल इतिहासमा शतकीय पारी खेल्ने पहिलो नेपाली खेलाडी बन्ने गौरव हासिल गर्न सक्थे, तर चुके ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)